युुआरएलका कर्मचारीलाई ल्याब व्यवस्थापन र क्षमता अभिवृद्धि तालिम
पाेखरा | चैत ५, २०७९
पोखरा: गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले शुक्रबार कर्मचारीलाई ल्याब व्यवस्थापन र क्षमता अभिवृद्धि तालिम दिएको छ । युआरएल मुख्य कार्यालय सभागृहचोक र युआरएलका १३ शाखामा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गर्दै ग्राहकलाई गुणस्तरीय सेवा दिन तालिम आयोजना गरिएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले रोगको निदान र उपचारमा प्रयोगशालाको भूमिकाबारे प्रकाश पारे । उनले भने, ‘प्रयोगशालाको रिपोर्ट गलत भयो वा समयमै आएन भने बिरामीको ज्यान नै जोखिममा पर्न सक्छ । आफन्त, चिकित्सक, अस्पताल व्यवस्थापनलाई दबाब बढ्छ । डाक्टरले रिपोर्टकै आधारमा उपचार गर्ने हो, कथंकदाचित रिपोर्ट गलत भए उपचार पनि गलत हुन सक्छ ।’
प्रयोगशाला गुणस्तर विज्ञ सुशील थापाले दक्ष प्राविधिक र अत्याधुनिक मेसिनको सम्बन्धबाट मात्रै गुणस्तरीय रिपोर्ट आउन सक्ने औंल्याए । प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकीका माइक्रोबायोलोजिस्ट डा सौगात प्रधानले कल्चर जाँच र त्यसको संवेदनशीलताबारे प्रकाश पारे ।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारीले व्यावसायिक ल्याबमा कर्मचारीले आपसमा गर्ने व्यवहार र सेवाग्राहीलाई गर्नुपर्ने व्यवहारले ल्याबको परीचय दिने उल्लेख गरिन् । यसैगरी, युआरएलका टेक्निकल हेड भूपेन्द्र रेग्मी, टेक्नोलोजिस्ट सुशील थापा र बायोक्यामिस्टद्वय सुनिता श्रेष्ठ र अनुप भुसालले युआरएलले अहिले अपनाएको कार्यसम्पादन प्रक्रिया र रिपोर्टिङबारे जानकारी दिए ।प्रशिक्षार्थीलाई वरिष्ठ प्याथोलोजिस्ट डा सुदीप रेग्मीले हिस्टो प्याथोलोजी जाँचका प्रक्रिया र रिपोर्टिङबारे प्रकाश पारेका थिए । तालिममा शाखा इन्चार्ज र सहइन्चार्ज गरी ३० जना सहभागी थिए ।
युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले नयाँ टेस्ट, मेसिनहरुबारे जानकारी दिन र विश्वमा विकसित प्रयोगशालाका नयाँ तकनिकी सिकाउन तालिम आयोजना गरिएको बताए । उनले भने, ‘अब मेसिन उत्पादक कम्पनीकै विज्ञ झिकाएर तालिम दिने योजना छ । अहिलेको तालिममा आएका विषय लागू भए÷नभएको टिम बनाएर अनुगमन हुनेछ ।’
युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले सर्वाेत्कृष्ट प्रविधि, दक्ष कर्मचारी, चुस्त व्यवस्थापनसँगसँगै पछिल्लो समय विकसित प्रविधि, टेस्ट आदिलाई भित्र्याएर युआरएलअघि बढ्ने बताए । उनले भने, ‘गण्डकीको प्रयोगशाला क्षेत्रको पहिलो ल्याब युआरएल ल्याबका सबै क्षेत्रमा अग्रणी बन्दै सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन कुनै दत्तचित्त छ ।’
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ न...
पोखरा: जनप्रिय बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पहारीले क्याम्पसको ऐतिहासिक गरिमालाई कायम राख्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार क्याम्पस परिस...
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

